बिटी कप: उपाधिका लागि एट टु नाइन र लामागाउँ भिड्ने
पाेखरा | फागुन ९, २०८०
पोखरा: बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधिका एट टु नाइन एफसी र लामागाउँ गुम्बा एफसी भिड्ने भएका छन् ।
पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा एट टु नाइन एफसीले एलसी ब्रदर्शलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
एट टु नाइन एफसी र एलसी ब्रदर्शबीच भएको पहिलो सेमिफाइनल खेल गोलरहित निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा एट टु नाइन एफसी ३–२ गोलले विजयी बन्यो ।
पेनाल्टी सुटआउटमा एट टु नाइनका धुव्र घिमिरे, किरण मगर र जीवन गुरुङले गोल गरे । यस्तै एलसी ब्रदर्शका विशाल गुरुङ र अजित गुरुङले गोल गर्दा धिरज मगरको पेनाल्टी एट टु नाइनका गोल किपर राज गुरुङले विफल पारिदिए ।
दोस्रो सेमिफाइनल खेलमा लामागाउँ गुम्बा एफसीले रामघाट रामघाट एफसीलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ ।
दोस्रो सेमिफाइनल खेलमा लामागाउँ गुम्बा एफसी र रामघाट रामघाट एफसीबीच भएको खेल गोलरहित निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा लामागाउँ गुम्बा एफसी ३–२ गोलले विजयी बन्यो ।
पेनाल्टी सुटआउटमा लामागाउँ एफसीका मनिष क्षेत्री, सनिम थापा र युनिक तामाङले गोल गरे । भने यस्तै रामघाट एफसीका अमृत कुँवरले गोल गर्दा लामागाउँका गोल किपर अञ्जन क्षेत्रीले राहुल गुरुङको पेनाल्टी विफल पारी दिए ।
सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधिका एट टु नाइन एफसी र बीच भोलि (बिहीबार) प्रतिस्पर्धा हुने खेल संयोजक रामकाजी गुरुङले बताए ।
उनका अनुसार कुल ५६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

